‘हिट एन्ड रन’ का आरोपित २४ घण्टाभित्र पक्राउ
सारांश
- काभ्रेमा 'हिट एन्ड रन' दुर्घटनाका चालक २४ घण्टाभित्र पक्राउ परेका छन्, जसमा एक पैदल यात्रीको मृत्यु भएको थियो।
- धुलिखेलमा टिपरबाट लडेर एक युवकको मृत्यु भएको छ, र टिपर चालकलाई १२ घण्टाभित्र पक्राउ गरिएको छ।
- दुवै घटनामा इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेका छन्।
काभ्रे । काभ्रेपलान्चोकमा हालै भएको ‘हिट एन्ड रन’ दुर्घटनाका आरोपित सवारी चालकलाई प्रहरीले २४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ ।
गत कात्तिक २० गते साँझ करिब ६ः३० बजे बनेपा नगरपालिका–९, निष्ट कलेज अगाडि नालाबाट बनेपा तर्फ जाँदै गरेको एक कारले पैदल यात्री अप्सरा रायमाझीलाई ठक्कर दिएको थियो। चितवनको भरतपुर महानगरपालिका–२३ घर भई हाल बनेपा न.पा. वडा नं. ९ नयाँबस्तीमा डेरा गरी बस्ने हरिराज बुढाथोकीकी श्रीमती अप्सरा रायमाझी गम्भीर घाइते भएकी थिइन्।
उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएकोमा सोही दिन साँझ ७ः१० बजे डाक्टरले मृत घोषणा गरे। प्रहरीका अनुसार, वारदात पश्चात् फरार रहेका आरोपित कार चालकलाई खोजतलास गर्दै जाँदा घटना भएको २४ घण्टाभित्रै पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा बा १९ च ३७२९ नम्बरको कार चालक तथा सवारी धनी बनेपा नगरपालिका(७ बस्ने वर्ष ३३ का सुजन रायमाझी रहेका छन्। इलाका प्रहरी कार्यालय बनेपाले उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।
यस्तै, कात्तिक २३ गते राति करिब ११ः३० बजे धुलिखेल नगरपालिका–४, भकुण्डे चोकस्थित अरनिको राजमार्ग सडक खण्डमा खावाबाट बनेपा तर्फ आउँदै गरेको एक टिपरको पछाडि झण्डिएर आएका एक युवकको लडेर मृत्यु भएको छ।
धुलिखेल न.पा. वडा नं. ०३ बाँसघारी बस्ने बद्री श्रेष्ठका छोरा अनुस श्रेष्ठ टिपरबाट लडेर घाइते भएका थिए। उनलाई धुलिखेल अस्पताल पुर्याइएकोमा राति ११ः५३ बजे डाक्टरले मृत घोषणा गरे।
प्रहरीले वारदात पश्चात् फरार रहेका टिपर चालकलाई खोजतलास गर्ने क्रममा घटना भएको १२ घण्टाभित्रै पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा बा. प्र. ०१–००४ क ३६३१ नम्बरको टिपर चालक, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय सुशील कार्की रहेका छन्।
सोही टिपरमा मृतकसँगै रहेका उनका साथी उमेश तामाङको अनुहारमा चोट लागेको अवस्थामा धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुवै घटनामा इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
-
मन्त्री पुनले गरे पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण