हुम्ला निर्वाचन कार्यालयद्वारा मतदान केन्द्रबारे छलफल
सारांश
- हुम्ला जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रको अवस्थाबारे छलफल गरेको छ।
- बैठकमा मतदाता नामावली सङ्कलन र निर्वाचन प्रक्रियाबारे छलफल भयो।
- निर्वाचनलाई भयरहित बनाउन सहकार्य गर्ने निर्णय गरियो।
हुम्ला । जिल्ला निर्वाचन कार्यालयले यहाँस्थित मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय बैठक गरी मतदाता नामावली सङ्कलन, मतदान केन्द्र, निर्वाचन प्रक्रियालगायत विषयमा छलफल गरेको छ । सोमबार हुम्ला निर्वाचन कार्यालयद्वारा यहाँ आयोजित सर्वपक्षीय बैठकमा जिल्लाका मतदान केन्द्रको अवस्थाबारे छलफल तथा समीक्षा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा आयोजित सर्वपक्षीय बैठकमा जिल्लाका सबै गाउँपालिकाका अध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सम्पूर्ण वडाका वडा सदस्यहरू, सरोकार भएका निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
बैठकमा वडा पालिकामा यही कात्तिक ३० गतेभित्र १८ वर्ष उमेर पुगेका नागरिकको मतदाता नामावली सङ्कलन गरी निर्वाचन कार्यालयमा बुझाउने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख भिमबहादुर रोकायाले जानकारी दिए । साथै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सहकार्य र समन्वय गर्ने निर्णय भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण