ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
मङ्गलबार, २५ कात्तिक २०८२, ०९ : ००
सारांश
- मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- बाजुराबाट हुम्लाको लागि विद्युत् पोल बोकेको ट्याक्टर सोरु गाउँपालिकामा दुर्घटनाग्रस्त भयो।
- दुर्घटनामा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका छन्।
हुम्ला । गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।
सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो । बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए ।
विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताए ।
घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण