सल्यानमा रोल्पाका एक पुरुष मृत फेला, भिरबाट लडेको आशङ्का
मङ्गलबार, २५ कात्तिक २०८२, ०९ : ३०
सारांश
- सल्यानको छत्रेश्वरी गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन्।
- मृतक रोल्पाका रहेको र खोटो सङ्कलनका लागि सल्यान आएको खुलेको छ।
- प्रहरीले घटनाको पुष्टि गर्दै थप अनुसन्धान गरिरहेको जनाएको छ।
सल्यान। सल्यानको छत्रेश्वरी गाउँपालिका-५, लेखपोखराको फिटाकाटेमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृतक रोल्पाका भएको जानकारी प्राप्त भए पनि उनको पहिचान भने खुल्न सकेको छैन।
स्थानीयका अनुसार उक्त व्यक्ति भिरबाट लडेको अनुमान गरिएको छ। करिब दुई-तीन दिनअघि नै उनी भिरबाट लडेको हुन सक्ने स्थानीयको भनाइ छ। मृतक खोटो सङ्कलन कार्यका लागि सल्यान आएका थिए।
जिल्ला प्रहरी कार्यालय सल्यानले घटनाको पुष्टि गर्दै मृतकको पहिचान नखुलेको र यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण