कैलालीमा यस वर्ष धान उत्पादन ५.२६ प्रतिशतले घट्यो
सारांश
- कैलाली जिल्लामा यस वर्ष बर्खे धान उत्पादन घटेको छ, गत वर्षको तुलनामा ५.२६ प्रतिशतले गिरावट आएको छ।
- कृषि ज्ञान केन्द्रका अनुसार, गत वर्षको तुलनामा १७ हजार १३५ मेट्रिक टनले धान उत्पादनमा कमी आएको छ।
- पानी नपरेको र धान फुल्ने बेला पानी परेका कारण उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कैलाली । कैलाली जिल्लामा यस वर्ष बर्खे धानको उत्पादनमा गिरावट आएको छ। गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन ५.२६ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ हजार १३५ मेट्रिक टनले कमी आएको छ। यस वर्ष ६८ हजार ५४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकोमा तीन लाख आठ हजार ४३४ मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी दिए।
गत वर्ष सोही क्षेत्रफलमा धानखेती गर्दा तीन लाख २५ हजार ५६९ मेट्रिक टन धान उत्पादन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व पनि घटेको छ। गत वर्ष प्रतिहेक्टर ४.७५ मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष प्रतिहेक्टर ४.५ मेट्रिक टन मात्रै रहेको उनले बताए।
सूचना अधिकारी ओझाले भने, "क्षेत्रफल एउटै भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ। धानलाई आवश्यक भएको बेलामा पानी परेन, धान फुल्ने बेलामा पानी पऱ्यो, जसले गर्दा असर गऱ्यो, त्यसैले उत्पादन घटेको देखिन्छ।"
यसैगरी, कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा ६ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार १९२ मेट्रिक टन मकै उत्पादन भएको छ। यस्तै, १०३ हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा १५४ मेट्रिक टन कोदो उत्पादन भएको पनि केन्द्रले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण