मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

दलहरू खुद्रा व्यापारीजस्तो हराउँदै गए – एमाले नेता आचार्य

मङ्गलबार, २५ कात्तिक २०८२, १८ : ०८
मङ्गलबार, २५ कात्तिक २०८२

जाजरकोट । नेकपा (एमाले) का केन्द्रीय सदस्य निरज आचार्यले देशको पछिल्लो राजनीतिक परिस्थितिमा आएको अस्थिरता र जनअविश्वासले केही दलहरू अस्तित्व जोगाउन नसकेर हराउँदै गएको बताएका छन् ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–सानाखोलामा नेकपा (एमाले) ले मंगलबार आयोजना गरेको जनजागरण सभामा नेता आचार्यले पछिल्ला दिनमा देशमा देखिएको राजनीतिक उथलपुथल र सत्ता स्वार्थका खेलले साना दलहरू टुटफुट र विसर्जनको मुखमा पुगेको भन्दै केही हराउदै गएको समेत बताएका हुन् ।

‘परिस्थितिको सामना गर्न नसकी केही दलहरूले पार्टी कार्यालयका सटर बन्द गरे, पार्टीका बोर्ड उल्ट्याए र आफ्नै संगठन छाडेर हिँडे,’ उनले भने, ‘तर नेकपा (एमाले) जनताको साथ र राष्ट्रप्रतिको प्रतिबद्धतासहित दृढतापूर्वक अघि बढिरहेको छ ।’

मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता र संविधानको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा आएको भन्दै आचार्यले जनताको साथ र विश्वास जितेर अघि बढ्ने दाबी गरे ।

‘देश, जनता र राष्ट्रविरुद्ध हुने गतिविधिहरूका विरुद्ध एमाले सधैँ प्रतिबद्ध रहँदै आएको छ,’ उनले भने, ‘अहिले एमाले देशव्यापी जनजागरण अभियानमार्फत वडा देखि बस्तीमा पुगेको छ, जहाँ जनताको आवाज सुन्ने र सशक्त बनाउने अभियान चलिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप