मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगरमा दुर्घटना हुँदा श्रीमतीकाे मृत्यु, श्रीमान् सकुशल

मङ्गलबार, २५ कात्तिक २०८२, १८ : ५४
मङ्गलबार, २५ कात्तिक २०८२

विराटनगर । विराटनगरको बरगाछी चोकमा मंगलबार साँझ भारतीय मालवाहक सवारी (ट्रक) ले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सर्लाही जिल्लाको हरिपुर नगरपालिका घर भएकी ४५ वर्षीया रोहिता कोइराला अधिकारी रहेकी छन् ।

श्रीमान् विमल कोइरालाले चलाइरहेको मोटरसाइकलको पछाडि सवार रहेकी अधिकारीको मालवाहक सवारीको ठक्करपछि घटनास्थलमै मृत्यु भएको स्थानीयले दाबी गरेका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटना निकै दर्दनाक थियो ।

मोटरसाइकल चालक मृतकका श्रीमान् भने सकुशल रहेका छन्। अधिकारीको शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप