‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन
बुधबार, २६ कात्तिक २०८२, ०८ : ५५
सारांश
- कर्णाली प्रदेश प्रहरी अस्पतालले 'प्रहरी युनिटसँग प्रहरी अस्पताल' कार्यक्रम सुरु गरेको छ।
- पहिलो चरणमा सुर्खेत उपत्यकाका प्रहरी युनिटहरूमा स्वास्थ्य परीक्षण तथा बिएमआई जाँच गरियो।
- कार्यक्रमअन्तर्गत २२९ जना प्रहरी कर्मचारी र ४८ जना ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षण गरियो।
कर्णाली । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरण (सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरू)का आज र हिजो उक्त कार्यक्रम सञ्चालन भएको हो ।
कर्णाली प्रदेश प्रहरी अस्पताल प्रमुख डा श्यामकृष्ण लौडारीका अनुसार गणमा कार्यरत प्रहरी कर्मचारी ३८ महिला र एक सय ९१ पुरुष गरी दुई सय २९ जनाको स्वास्थ्य परीक्षण तथा बिएमआई जाँच गरिएको हो ।
टोलीले राजमार्ग सुरक्षा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी एक महिला र ४७ पुरुष गरी जम्मा ४८ जनाको स्वास्थ्य तथा बिएमआई परीक्षण गरेको हो । उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण