बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त बनाउँछौँ : भीम रावल
काठमाडौँ । मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त रूपमा अघि बढाउन जरुरी रहेको बताएका छन् ।
बुधबार नेपाली कम्युनिष्ट पार्टीसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विगतमा नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट आन्दोलनलाई विश्रृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएको आरोप लगाए ।
नेपाली कम्युनिष्ट पार्टीलाई राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त रूपमा अघि बढाउने अभियानका रूपमा अघि बढाउनुपर्ने बताए ।
उनले भने,‘जुन बेला नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट आन्दोलनलाई विश्रृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएर गह्रौँ मन लिएर यही ठाउँबाट छुटिएर गइएको थियो । फर्किएर आज नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत समाहित आएका छाैँ । हामीले एउटा बलियो राष्ट्रिय शक्ति निर्माण गरेर हाम्रो राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त रूपमा अघि बढाउने अभियानका साथ हामी लाग्नुपर्छ । आगामी दिनमा हामी सकारात्मक, भावनात्मक एकता, सङ्कल्पका साथ आफ्नो लक्ष्यमा पुगी छोड्नेछौँ भन्ने विश्वास छ ।’
नेता रावलले आगामी दिनमा सकारात्मक, भावनात्मक एकता, सङ्कल्पका साथ आफ्नो लक्ष्यमा पुग्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण