मुटुको रक्तनली बन्द भएर थुनुवाको मृत्यु
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा मृत्यु भएको भनिएका वीरेन्द्रनगर नगरपालिका–११, का ३६ वर्षीय गंगे विकको मृत्यु मुटुको रक्तनली बन्द भएर भएको पुष्टि भएको छ ।
पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा कुनै पनि भित्री एवं बाहिरी चोटपटक नरहेको र मुटुको रक्तनली बन्द भई मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।
गत भदौ ३ गते लागुऔषध ब्राउन सुगर (५.५४ ग्राम) मुद्दामा पक्राउ परेका विक कात्तिक २१ गते बिहान ६ बजे हिरासत कक्षमै अचेत भएका थिए । लगत्तै उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार अस्पताल लैजाँदै गर्दा नै विकको परिवारलाई खबर गरिएको थियो । परिवारका सदस्यहरू समेत तत्काल अस्पताल पुगेका थिए ।
तर, केही पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको दाबी गरे । घटनामा चासो राख्ने परिवारका सदस्य, आफन्त र जनप्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई गंगे विक सुतेको हिरासत कक्षको सीसीटीभी रेकर्ड देखाइएको थियो ।
साथै, घटनाबारे जानकारी थुनुवा तथा प्रहरी कर्मचारीहरूसँग बुझी यथार्थ जानकारी गराएको थियो ।
हिरासतमा आफन्तको मृत्यु हुँदा परिवारजनमा शङ्का रहनु स्वाभाविक भए पनि केही सामाजिक सञ्जाल र सञ्चारकर्मीहरूले यथार्थ नबुझी प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै गलत सूचना प्रवाह गरेको विषयप्रति एक विज्ञप्ति जारी गर्दै प्रहरीले निन्दा गरेको छ ।
यस विषयलाई लिएर आफन्तहरूले जिल्ला प्रहरी कार्यालय परिसरमा एक दिन आन्दोलन समेत गरेका थिए ।यस्ता भ्रमपूर्ण सूचनाहरू प्रति ध्यान नदिन र सत्य सूचनाका लागि यस कार्यालयसँग समन्वय गर्न प्रहरीले आग्रह गरेको छ ।
प्रहरीले मृतक विकको शव पोस्टमार्टमपछि सोमबार बेलुका करिब पौने ४ बजे आफन्तलाई बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण