मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछामको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गरेका छन् ।
बिहीबार आयोजित एक विशेष समारोहबिच मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्दै विकास निर्माणका काममा ढिलासुस्ती सह्य नहुने बताए ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले निर्माणको जिम्मा पाएको कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको समयभन्दा अगाडि नै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए ।
उनले पछिल्ला वर्षहरूमा निर्माण व्यवसायीहरूले समयमा काम सम्पन्न नगर्ने र आयोजनाहरू अधुरो छोड्ने प्रवृत्ति बढेको भन्दै प्रदेश सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताए ।
सम्झौता अवधिभन्दा पहिले नै उत्कृष्ट काम गर्ने निर्माण कम्पनीलाई प्रदेश सरकारले उच्च मूल्याङ्कन गरी पुरस्कृत गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत रहेको यो पुल निर्माणका लागि गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कुल ४० मिटर लम्बाइ हुने यस पुलको निर्माणको जिम्मा भगवती आर्किटेक जेभी, नेपालगञ्जले पाएको छ ।
कम्पनीले ६ करोड ४३ लाख ९३ हजार २ सय ३९ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । सम्झौताअनुसार पुल निर्माणको काम २०८४ असार २० गतेसम्ममा सम्पन्न गर्नुपर्ने लक्ष्य तोकिएको छ ।
पुल निर्माणपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुने र त्यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण