पाँच दिनदेखि हुम्ला सदरमुकामसहित खार्पुनाथ गाउँपालिका अन्धकार
सारांश
- हुम्लाको सिमकोटसहित खार्पुनाथ र सिमकोट गाउँपालिकामा विद्युत आपूर्ति अवरुद्ध भएको छ।
- पावरहाउस मर्मतका कारण विद्युत सेवा अवरुद्ध भएको र बिहीबारसम्म सुचारु हुने प्राधिकरणको भनाइ छ।
- विद्युत अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीय सेवाग्राही प्रभावित भएका छन्।
हुम्ला। आइतबारदेखि जिल्ला सदरमुकाम सिमकोटसहित खार्पुनाथ र सिमकोट गाउँपालिका अन्धकार भएको छ । सदरमुकाममा रहेको सिमकोट गाउँपालिका–४ मा रहेको पावरहाउससहितका संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति नहुँदा दुई पालिकासहित सदरमुकाममा विद्युत् प्रवाह हुन नसकेको विद्युत् प्राधिकरणका प्रमुख जितेन्द्र शाहले बताए ।
पावरहाउसको इन्टेक र ओभरफ्लोको मर्मत गर्नुपर्ने भएकाले पाँच दिनदेखि विद्युत् सेवा आपूर्ति हुन नसकेको प्रमुख शाहले बताए । मर्मत जारी रहेको हुँदा बिहीबार विद्युत् सेवा आपूर्ति हुन नसक्दा आइतबारसम्म यो सेवा पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास गरिएको छ । पावरहाउसमा फर्बे र ओभरफ्लोमा सिमेन्ट प्लास्टर गरेको पक्की नहुँदा आइतबारदेखि मात्रै यो सेवा सञ्चालनमा आउने भएको छ ।
हप्ता दिन पुग्न लाग्दासम्म दुई गाउँपालिकामा रहेका करिब २५ सय सेवाग्राहीलाई सेवा दिन नसक्दा प्राधिकरणले क्षमासमेत मागेको छ । विद्युत् आपूर्ति बन्द हुँदा सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा नियमित कामकाजमा बाधा पुगेको छ । स्थानीय तहका अधिकांश वडामार्फत हुने सिफारिससमेत रोकिँदा सेवाग्राही मर्कामा परेका छन् । वडा कार्यालयमा सोलार जडान नभएका कारण विद्युतीय कामकाज हुने सबै खालका काम बन्द छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण