विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी शुक्रबार र शनिबार चार जनाको मृत्यु भएको छ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-१० खाम्दिङस्थित सडकमा चारपानेबाट चिम्दिलतर्फ आउँदै गरेको प्र.१-०७-००१ त ०००७ नम्बरको ट्र्याक्टरबाट खसेर ट्र्याक्टरमा सवार सोही ठाउँ बस्ने ३३ वर्षीय दावा ग्याल्जे शेर्पाको शुक्रबार राति मृत्यु भएको छ। ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, सप्तरीको राजविराज नगरपालिका-१६ बोरियास्थित सडकमा राजविराजबाट बिष्णुपुरतर्फ जाँदै गरेको प्रदेश.२-०१-००३ प ७२५१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका-२ बस्ने ६४ वर्षीय बिन्देश्वर दास तत्माको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।
यता, सिराहाको धनगढीमाई नगरपालिका-१ मेदनीपुरस्थित सडकमा सुखीपुरबाट लहानतर्फ जाँदै गरेको म.प्र.०२-००८ प ७८५० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नवराजपुर गाउँपालिका देवनगर टोल बस्ने ५५ वर्षीय बेचन ठाकुरको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दोलखाको शैलुङ गाउँपालिका-६ शैलुङ फेदी कालापानीस्थित सडकमा बागमती प्रदेश.०१-००२ ज ६२०८ नम्बरको माइक्रो शुक्रबार दिउँसो दुर्घटना हुँदा माइक्रोमा सवार काठमाडौँ नागार्जुन नगरपालिका-१ बस्ने गोरखा घर भएकी ६० वर्षीया एकुमाया अर्यालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको शैलुङ अस्पताल दोलखामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका माइक्रो चालकको केएमसी अस्पतालमा, माइक्रोमा सवार ६ जनाको ट्रमा सेन्टर काठमाडौँमा, २ जनाको धुलिखेल अस्पताल काभ्रेमा, १ जनाको टिचिङ अस्पतालमा र १ जनाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
-
नेपाल–भारत सम्बन्ध ‘रिसेट’
-
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
-
अबदेखि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उपत्यका बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण