सिनेजगत प्रवेश सजिलो छ तर दिगो रूपमा टिक्न गाह्रो छ– राजेश हमाल
सारांश
- राजेश हमालले सिनेजगतमा टिक्न गाह्रो भएको बताए।
- उनले कला र कलाकारिता समाजको दर्पण भएको धारणा राखे।
- उनको पुस्तक 'युगदेखि युगसम्म' ले कला र साहित्यको अन्तरवस्तुलाई उजागर गर्छ।
कर्णाली । राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रूपमा टिक्न गाह्रो भएको बताएका छन् ।
फाइन प्रिन्टद्वारा शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित घुम्ती साहित्य उत्सवमा डा. नवराज केसीसँगको अन्तरङ्गमा महानायक उपनाम पाएका हमालले नायकनायिका हुन सजिलो भए पनि त्यसको दिगोपनमा चुनौती देखिएको धारणा राखे । उनले कला र कलाकारिता क्षेत्र समाजको दर्पण भएको पनि बताए ।
मानव जीवनका सबै कुरा अस्थायी भए पनि भावना स्थायी हुने उनको थियो । 'भावनामा माया, स्नेह, रिस, त्रास, आवेग, दया, करुणालगायत सबै रस पाइन्छन् । कला र साहित्यले समाजका सबैखाले रसको उजागर गरी काल्पनिकताबाट वास्तविकता ओकल्छ ।'
आफ्नो पुस्तक 'युगदेखि युगसम्म'ले कला, साहित्य, कलाकारिता र सिने क्षेत्रका अन्तरवस्तुलाई उल्लेख गरेको महानायक हमालले बताए ।
डा. केसीले साहित्य, कला, कविता र कलाकारिताको जन्म, मृत्यु र दिगोपन र त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक प्रभावका विषयमा हमालसँग अन्तर्संवाद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण