कार दुर्घटनामा बुवाको मृत्यु, छोरा घाइते
सोमबार, ०१ मङ्सिर २०८२, १८ : ३१
बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुटवलबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार नवलपरासीको सुनवल नगरपालिका भुमहीको बडेरामा पुलदेखि तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुनवलका अनुसार दुर्घटनामा अर्घाखाँची पाणिनी गाउँपालिका करिब ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा कार चालक हरिसचन्द्र पौडेल सामान्य घाइते भएका छन् । मृतक मणिराम हरिसचन्द्रका बुवा रहेको खुलेको छ । घाइते भएका पौडेललाई तत्काल उपचारका लागि नजिकैको पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको र त्यहीँ उनको मृत्यु भएको हो ।
बाबु छोरा भएर काठमाडौँ जाँदै गर्दा कार दुर्घटनामा परेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण