कर्णालीमा खेलकुदको सदस्यसचिव नियुक्तिको प्रक्रिया विधिसम्मत अघि बढाउन सामाजिक मन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन
सारांश
- कर्णालीका मुख्यमन्त्री कँडेलले खेलकुद परिषद् सदस्य सचिव नियुक्तिको प्रक्रिया ऐन अनुसार अघि बढाउन निर्देशन दिए।
- मन्त्री भण्डारीले अध्यादेशबाट नियुक्ति गर्ने प्रयास गरे पनि अदालतको मुद्दा र दलहरूबीचको असमझदारीका कारण सफल भएनन्।
- खेलकुद परिषद् ०८१ पुसदेखि पदाधिकारीविहीन हुँदा रंगशाला निर्माण र खेल गतिविधिहरू प्रभावित भएका छन्।
सुर्खेत । कर्णाली मुख्यमन्त्री यामलाल कँडेलले विगत एक वर्षदेखि रिक्त रहेको प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव नियुक्तिको प्रक्रिया विधिसम्मत तरिकाले अघि बढाउन सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई निर्देशन दिएका छन् ।
स्रोतका अनुसार लामो समयदेखि परिषद् रिक्त रहेको भन्दै आलोचना बढेपछि मुख्यमन्त्री कँडेलले सोमबार नै मुख्यमन्त्री कार्यालयमा मन्त्री भण्डारीलाई निर्देशन दिएका हुन् ।
‘अहिले संसद शुरू हुने बेला भयो, यस्तो अवस्थामा अध्यादेश ल्याउन राम्रो हुदैन,’स्रोतले मुख्यमन्त्रीको भनाइ उदृत गर्दै रातोपाटीसँग भन्यो, ‘खेलकुद परिषद् ऐन अनुसार खेलकुद परिषद सदस्य सचिवलगायत पदमा नियुक्ति प्रक्रिया अघि बढाउनुहोस् ।’
खेलकुद ऐनमा सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा २ जना विज्ञ सदस्य रहेको समिति छ । उक्त समितिले सुचना निकाल्नेदेखि छनोट गरेर मन्त्रिपरिषद्मा पठाउने हो ।
तर, सामाजिक विकासमन्त्री भण्डारी भने चोर बाटोबाट (अध्यादेश) नियुक्ति प्रक्रिया अघि बढाउने ध्याउन्नमा थिए ।उनले भदौमा अध्यादेश तयार पारेर अर्थ र कानुन मन्त्रालयसँग सहमती मागेका थिए । अर्थले सहमति दिए पनि कानुन मन्त्रालयले सहमति दिएको थिएन् । किनकि त्यो बेला सदस्यसचिवको विषयमा अदालतमा मुद्धा थियो ।
सामाजिक विकासमन्त्री भण्डारीले सत्तारुढ दलहरु कांग्रेस, एमालेबिच सदस्यसचिव नियुक्तिमा कुरा नमिलेको भन्दै गत जेठमा मन्त्रालयकै कर्मचारीलाई ऐन विपरित नियुक्ति गरेका थिए ।
उक्त विषय अदालत पुगेको थियो । अदालतमा विचाराधिन विषय भएको हुँदा नयाँ प्रक्रिया अघि बढाउन पनि समस्या थियो । असोज अन्तिम साता मात्रै अदालतले उक्त नियुक्ति कानुनविपरीत भएको भन्दै बदर गरिदियो ।
त्यसपछि ऐन अनुुसार नै प्रक्रियाको काम अघि बढाउन मुख्यमन्त्री कँडेलले सामाजिक विकासमन्त्रीलाई निर्देशन दिएका हुन् ।
‘अदालतले पनि नियुक्ति बदर गरेपछि र संसद अधिवेशन बस्ने समय नजिकिँदै गर्दा पुरानै ऐनअनुसार सूचना निकालेर अघि बढ्नुपर्छ,’ मुख्यमन्त्री कँडेलको भनाइ छ ।
कँडेल, सकभर संसद छलेर चोर बाटोबाट ९अ अध्यादेश० नियुक्ति प्रक्रियाका काम अघि नबढाउने पक्षमा छन् ।
प्रदेश खेलकुद विकास परिषद् पनि ०८१ पुस ६ गतेदेखि पदाधिकारीविहीन छ । परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव विश्वामित्र सञ्ज्यालसहित अन्य सदस्यहरूको कार्यकाल ०८१ पुसमा सकिएको थियो ।
सदस्यसचिव नुहँदा निर्माणाधिन रंगशालाको काम अलपत्र पर्नुका साथै खेल गतिविधि ठप्प छन् । यद्यपि सदस्यसचिव बनाउने विषयमा दुई राजनीतिक दलबिच कुरा नमिलेको भन्दै एक वर्षदेखि सदस्यसचिव पद खाली छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण