अर्कैको पारिवारिक झगडा र अंशबन्डा विवादले ‘शान्ताको अचार’मा आगजनी भएको खुलासा
सारांश
- सुर्खेतको वीरेन्द्रनगरमा देवरले रिसको कारण भाउजूको पसलमा पेट्रोल छर्केर आगो लगाए।
- आगजनीमा 'शान्ताको अचार'सहित दुई वटा पसल जलेर नष्ट भए, जसमा १५ लाखको क्षति भएको अनुमान छ।
- प्रहरीले घटनामा संलग्न २८ वर्षीय दीपक कँडेललाई नियन्त्रणमा लिएको छ र अनुसन्धान जारी छ।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, सनिहल लाइनमा आइतबार बिहान एमाले नेतृ तथा पूर्व सांसद शान्ता चौधरीको ‘शान्ताको अचार’कै विक्री शाखासहित दुई वटा पसल जलेर नष्ट भएको घटनाको कारण प्रहरीले पत्ता लगाएको छ ।
पारिवारिक झगडा र अंशबन्डाको विवादका कारण देवरले नै भाउजूको पसलमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । यस घटनामा संलग्न वीरेन्द्रनगर नगरपालिका–८ बस्ने २८ वर्षीय दीपक कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान करिब ४ बजेतिर सनिहल लाइनस्थित जुना कुमारी बोहोराले सञ्चालन गरेको ‘नबदुर्गा बेबी सप’मा आगजनी भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, सुरुमा विद्युत् सर्टबाट आगो लागेको अनुमान गरिए पनि अनुसन्धानबाट यो नियोजित आगजनी भएको पुष्टि भयो ।
बुढ्थापाले रातोपाटीलाई बताए अनुसार दीपक कँडेलले नै पारिवारिक झगडा र अंशबण्डाको रिसमा आफ्नै भाउजू जुना कुमारीको पसलमा पेट्रोल छर्केर आगो लगाएका थिए । सोही आगो फैलिएर छेउमै रहेको ‘शान्ता अचार’ पसलसमेत नष्ट भएको प्रहरीको भनाइ छ ।
दैलेख, भगवतीमाई गाउँपालिका–६ बस्ने खगिसरा बुढा रोकायले सञ्चालन गरेको शान्ता अचार शुक्रबारमात्रै उदघाटन भएको थियो । आफ्नो अचार व्यवसाय विस्तारका क्रममा एमाले नेतृ तथा पूर्वसांसद शान्ता चौधरी आफैँ शुक्रबार वीरेन्द्रनगर आएर उद्घाटन गरेकी थिइन् ।
अचार पसलमा आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । प्रहरीले क्षतिको यकिन विवरणबारे थप अनुसन्धान गरिरहेको छ । घटनापछि फरार रहेका दीपक कँडेललाई प्रहरीले वीरेन्द्रनगरको मंगलगढी चोकबाट नियन्त्रणमा लिएको हो । परिवारका सदस्यका अनुसार दीपकले घरमा झगडा हुँदा पहिला पनि यस्तो गर्ने धम्की दिएका थिए ।
दीपकको मानसिक अवस्था ठिक नदेखिएको र उनीमाथि लागुऔषध सम्बन्धी मुद्दासमेत चलेको प्रहरीको भनाइ छ ।
यही अंशबण्डाको रिसमा उनले सोही दिन कालिन्चोकस्थित आफ्नो घरमा समेत आगजनी गरी कर्णाली एकेडेमीको कार्यालयमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
नगरपालिकाको दमकलका चालकले बिहान करिब ३ बजे गणेशचोकतिर पानी भर्न जाँदै गर्दा बजारमा धुवाँको मुस्लो देखेका थिए । चालकले नै प्रहरीलाई खबर गरेपछि दमकल र प्रहरीको सहयोगमा बिहान ५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण