भारतीय थिएटरकी सक्रिय कलाकार अदिति मुखर्जीको सडक दुर्घटनामा मृत्यु
सारांश
- नोएडा एक्सप्रेसवेमा भएको सडक दुर्घटनामा थिएटर कलाकार अदिती मुखर्जीको निधन भयो।
- उनी ग्रेटर नोएडाको कार्यक्रममा जाँदै गर्दा अज्ञात सवारी साधनले ठक्कर दिएको थियो।
- अदितिको निधनले भारतीय थिएटर जगतमा शोक छाएको छ, र उनको अन्तिम संस्कार नोएडामा गरियो।
नोएडा । भारतीय थिएटर क्षेत्रमा प्रतिभावान् मानिएकी कलाकार अदिति मुखर्जीको नोएडा एक्सप्रेसवेमा भएको भिषण सडक दुर्घटनामा निधन भएको छ ।
आइतबार सफीपुर गाउँ नजिकै यो दर्दनाक दुर्घटना भएको हो, उनी ग्रेटर नोएडाको गौतम बुद्ध युनिभर्सिटीमा एक कार्यक्रमका लागि बाइकमा जाँदै थिइन् ।
सफीपुर गाउँ नजिकै एक अज्ञात सवारीसाधनले उनको बाइकलाई तीव्र गतिमा ठक्कर दिएको थियो । गम्भीर घाइते अदितिलाई तत्काल शारदा अस्पताल लगिए पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमले लेखेको छ । उनको निधनको खबरले भारतको थिएटर जगतमा गहिरो शोक छाएको छ ।
दिग्गज बलिउड अभिनेता आशुतोष राणासँग 'हमारे राम' नाटकमा अभिनय गरिरहेकी अदिति आफ्नो भाइ अरिन्दम मुखर्जीसँग दिल्लीको महिपालपुरमा बस्दै आएकी थिइन् । उनको निधनको खबर पाएपछि ओडिशाबाट उनका आमाबुवा पनि नोएडा आइपुगेका छन् ।
प्रख्यात रंगमञ्च निर्देशक अरविन्द गौरले अदितिको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले भने, 'अदिति एक प्रतिभाशाली, ऊर्जावान र उत्साही अभिनेत्री थिइन् । उनी अस्मिता थिएटरको २०२२ ब्याचकी सक्रिय अभिनेत्री थिइन् । उनको निधन हामी सबैका लागि अत्यन्तै पीडादायक घटना हो ।'
गौरले एपमा आधारित बाइकर्सले प्रयोग गर्ने सस्तो र असुरक्षित हेलमेटप्रति पनि चिन्ता व्यक्त गर्दै त्यस्ता हेलमेटमा तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् ।
मंगलबार नोएडामा अदितिको पोस्टमार्टम गरिएको थियो । जसपश्चात सेक्टर-९२ स्थित श्मशान घाटमा उनको अन्तिम संस्कार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
-
सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?
-
स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकार अग्रसर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण