मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुनसरी खोलामा डुबेर एक पुरुषको मृत्यु

बुधबार, ०३ मङ्सिर २०८२, २२ : ३१
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • सुनसरी खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
  • बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर गएका तीर्थालुमध्ये दुई जना डुबेका थिए।
  • प्रहरीले एक जनाको जीवितै उद्धार गरेको छ भने अर्को एक जनाको शव फेला पारेको छ।

धरान ।  सुनसरी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीर्थालुमध्ये नुहाउने क्रममा आज दुई जना डुबेका थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको र एक जनाको प्रहरीले जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

प्रवक्ता खड्काका अनुसार आज बिहान करिब २ः३० बजेतीर नुहाउन पुगेका तीन जनामध्ये मोरङ सुन्दरहरैँचा–३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको खोलामा डुबेर मृत्यु भएको अवस्थामा प्रहरीले शव फेला पारेको उनले बताए ।

इनरुवा नगरपालिका–५ का ५८ वर्षीय भीमराज काफ्लेलाई भने प्रहरीले जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारपछि दिउँसो घर पठाएको छ । त्यसैगरी, इटहरी उपमहानगरपालिका–१३ का रोहित काफ्ले खोलामा डुबेको केही समयमा आफैँ निस्किएका प्रवक्ता खड्काले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप