‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुनिश्चितता अझै छैन’
सुर्खेत । केन्द्र सरकारले कर्णालीमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ गतेबाट सञ्चालन गर्ने निर्णय गरे पनि प्रदेश सरकारसँग कुनै समन्वय नभएको पाइएको छ ।
प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले केन्द्रबाट प्रदेशसँग त्यस्तो कुनै समन्वय नभएको बताएका हुन् ।
आइतबार सामाजिक विकास समितिले गरेको छलफलका क्रममा भण्डारीले केन्द्रीय सरकारबाटै प्रतियोगिता सञ्चालनका लागि सुनिश्चितता नगरिएको बताए । ‘फागुन १ गतेदेखि सञ्चालन हुने गरी मिति तय गरे पनि त्यसपश्चात् गर्नुपर्ने कामका लागि अहिलेसम्म समन्वय छैन,’ उनले भने, ‘मूल आयोजकको तर्फबाट नै काममा तदारुकता देखिएन ।’
साथै, भण्डारीले प्रदेश सरकार तयारी अवस्थामै रहेको बताए । तथापि प्रदेश सरकारले प्रतियोगिताबारे कुनै काम गरेको भने छैन । अहिलेसम्म रिक्त रहेको प्रदेश खेलकुद विकास परिषद्लाई पूर्णता दिएको छैन भने प्रतियोगिता हुने रङ्गशालाको काम अझै सम्पन्न हुन सकेको छैन ।
मन्त्री भण्डारीले सङ्घीय सरकारले पटक–पटक मिति घोषणा गर्ने र सर्ने गरेका कारणले पनि प्रतियोगिताको सुनिश्चितता टुङ्गो नलागेको जिकिर गरे । निर्वाचन मिति र प्रतियोगिता सञ्चालन हुने अवधि एउटै भएकाले अझै पनि आशङ्का उब्जिएको भण्डारीको भनाइ छ ।
सामाजिक विकास समितिले कर्णाली प्रदेश खेलकुद विकास ऐन संशोधनका लागि समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
यसका लागि मस्यौदा तयार भएको र अब चालू हुने अधिवेशनमा पेस गर्ने तयारीमा रहेको मन्त्री भण्डारीले बताए ।
उक्त संशोधन विधेयकमाथि समितिमा दफावार छलफलका क्रममा मन्त्रालयबाट थप परिमार्जन गरी स्पष्ट पार्न तथा केही छुटेका विषयहरू थप गर्न २०८१ चैत ६ गतेको प्रदेशसभा बैठकबाट फिर्ता पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण