हुम्लामा हवाई टिकट वितरणमा 'भागबन्डा', कसले कति पाउँछन् ?
सारांश
- हुम्लाबाट नेपालगञ्जको हवाई उडानको टिकटमा कोटा प्रणाली लागू गरिएको छ, जसले स्थानीयलाई सहज बनाउने लक्ष्य राखेको छ।
- जिल्ला प्रशासन कार्यालयले बिरामी, कर्मचारी, वडा र एयरलाइन्सका लागि सिटहरू विभाजन गरेको छ, जसले टिकट वितरणलाई व्यवस्थित गर्नेछ।
- टिकट वितरणमा पारदर्शिता ल्याउन र स्थानीयको गुनासो सम्बोधन गर्न यो निर्णय लिइएको हो, जसमा एयरलाइन्सले अनलाइनमार्फत सिट वितरण गर्नेछन्।
हुम्ला । दुर्गम जिल्ला हुम्लाबाट नेपालगञ्जका लागि हुने हवाई उडानको टिकटमा कोटा (भागबन्डा) प्रणाली लागू गरिएको छ ।
थप व्यवस्थित र स्थानीयबासीका लागि सहज बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले नयाँ कोटा प्रणाली लागू गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा कात्तिक २९ गते बसेको जिल्लाका सरोकारवालाहरूको सर्वपक्षीय बैठकले सिमकोट–नेपालगञ्ज हवाई टिकटमा कोटा प्रणाली लागु गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि हवाई टिकट पाउन स्थानीयबासीलाई कठिनाइ भएको र टिकट वितरणमा अपारदर्शिता बढेको गुनासो आइरहेपछि जिल्ला प्रशासनले यो निर्णय गरेको हो ।
निर्णय अनुुसार, बिरामीका लागि २ सिट भाग लगाइएको छ ।
यस्तै, सरकारी कर्मचारीका लागि ३ सिट दिइएको छ । सरकारी कामको सिलसिलामा यात्रा गर्ने कर्मचारीहरूका लागि तीन सिट निर्धारण गरिएको छ । यी सिटहरूको सिफारिस र व्यवस्थापन जिल्ला प्रशासनले गर्ने निर्णयमा उल्लेख छ ।
यस्तै, एयरलाइन्सले अनलाइन प्रणालीमा ३ सिट वितरण गर्न पाउने छ ।
‘एयरलाइन्स कम्पनीहरूले आफ्ना उडानका लागि तीन (३) सिट अनलाइन प्रणालीमार्फत वितरण गर्न पाउनेछन्,’ निर्णयमा भनिएको छ । एयरलाइन्सले अग्रिम सूचनाका साथ यी सिटहरू खुलाउनुपर्ने छ । यदि इन्टरनेटको पहुँच नभएको अवस्थामा भने लाइन मार्फत पनि सिट उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ ।
सिमकोट गाउँपालिकाका वडालाई २ सिट छुट्याइएको छ । सिमकोट गाउँपालिकाका स्थानीय बासिन्दाको सुविधाका लागि वडा नम्बर ५ र वडा नम्बर ६ लाई एक–एक सिट उपलब्ध गराउने निर्णय भएको प्रशासनले जनाएको छ ।
‘यसका लागि सम्बन्धित वडा कार्यालयले यात्रुको सिफारिस गर्नुपर्ने छ,’ निर्णयमा भनिएको छ, ‘बाँकी सिट एयरलाइन्सको प्राथमिकतामा हुुनेछन् ।’
बाँकी रहेका सिटहरूलाई एयरलाइन्स कम्पनीहरूले ग्राहक मैत्री र सहजताको आधारमा वितरण गर्न सक्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण