सिञ्जा गाउँपालिकाले ३ वर्षमा १७ किमी सडक निर्माण गर्यो
सारांश
- सिञ्जा गाउँपालिकाले एक वर्षमा १९९ वटा योजना सम्पन्न गरेको छ।
- आर्थिक वर्ष २०८१/८२ मा ३५ करोड ८९ लाखभन्दा बढी खर्च भयो।
- साढे तीन वर्षमा १७ किलोमिटर नयाँ सडक विस्तार गरियो।
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले एक वर्षको अवधिमा करिब एक सय ९९ योजना सम्पन्न गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा पालिकाभित्रका ६ वडामा सञ्चालित एक सय ९९ योजना सम्पन्न भई सञ्चालनमा आएको गाउँपालिका प्रवक्ता तीर्थ वडले जानकारी दिए ।
सोही अवधिमा पालिकास्तरीय ६५ र वडास्तरीय १३४ योजना सम्पन्न भएका छन् । २० लाख माथिका गाउँपालिकास्तरीय १२, र वडा स्तरीय तीन वटा योजना रहेका थियो । पाँचदेखि २० लाखसम्मका पालिकास्तरीय १५ र वडास्तरीय २७ योजना र पाँच लाखभन्दा कम पालिकास्तरीय ३८ र वडास्तरीय १०५ योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
गाउँपालिकाले आव २०८१/८२ मा रु ३८ करोड ४६ लाख अनुमानित बजेट ल्याएकोमध्ये कूल बजेटको चालुतर्फ र पुँजीगततर्फ गरी ३५ करोड ८९ लाख ४ हजार खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बताए । उक्त आवमा पालिकाको रु २६ लाख ६४ हजार आन्तरिक राजस्व सङ्कलन भएकोे गाउँपालिका प्रमुख शाहीको भनाइ छ ।
गाउँपालिका भित्रका बस्तीमा सडक पहुँच विस्तार गर्ने, कृषि सडक, आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा सहज र नागरिकलाई प्रत्यक्ष स्थानीय सरकारको प्रत्याभूति दिलाउने उद्देश्यले साढे ३ वर्षमा झण्डै १७ किलोमिटर नयाँ सडक विस्तार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण