सुर्खेतको काँक्रेविहार जङ्गलमा युवायुवती मृत भेटिए
सारांश
- सुर्खेतको काँक्रेविहार जङ्गलमा एक जोडी युवायुवती मृत अवस्थामा फेला परेका छन्।
- प्रहरीका अनुसार उनीहरू रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्, तर पहिचान खुलेको छैन।
- घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ र शवको मुचुल्का उठाउने काम भइरहेको छ।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेविहार जङ्गलमा युवायुवती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार आज बिहान करिब ११ः २० बजेतिर जङ्गलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनका अनुसार जङ्गलको रुखमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो । उनीहरूको पहिचान भने खुल्न सकेको छैन । मृतक युवकको उमेर करिब २०–२१ वर्ष र युवतीको उमेर १९–२० वर्षको अनुमान गरिएको छ । उनीहरूको नाम, थर र ठेगाना भने हालसम्म खुल्न नसकेको शाहीले रातोपाटीलाई बताए ।
घटनाबारे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी सहायक निरीक्षक कृष्ण बोहोराको कमान्डमा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा पुगेको छ ।
घटनास्थल इलाका प्रहरी बिट लाटिकोइलीबाट करिब २ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट करिब ५ किलोमिटर दक्षिण–पूर्वमा पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण