ललितपुरमा ट्रकको ठक्करबाट स्कुटर हाँकिरहेकी महिलाको मृत्यु
मङ्गलबार, ०९ मङ्सिर २०८२, १८ : ००
काठमाडौँ । ललितपुर महानगरपालिका–१३ स्थित कुसुन्ती हाइटमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मंगलबार महालक्ष्मीस्थानबाट एकान्तकुनातर्फ जाँदै गरेको ना६ख ४९१७ नम्बरको ट्रकले ठक्कर दिँदा मोरङ घर भई सीतापाइला बस्दै आएकी पार्वता लुइँटेलको मृत्यु भएको हो ।
लुइँटेल बाप्र०२–०३२ प ४१७५ नम्बरको स्कुटर हाँकेर एकान्तकुनातर्फ जाँदै थिइन् ।
ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी करिब ३८ वर्षीया लुइँटेलको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । ट्रक चालक धादिङ घर भएका २५ वर्षीय सनम तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण