मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु
मङ्गलबार, ०९ मङ्सिर २०८२, १९ : ०१
सारांश
- रुकुम पश्चिममा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु भयो।
- दुर्घटनामा ३५ वर्षीय नवराज चदाराको मृत्यु भयो, उनी जाजरकोटका थिए।
- दुर्घटनामा घाइते भएका दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ।
मंगलबार आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको बोलेरो जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका– ८ का ३५ वर्षीय नवराज चदाराको मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते चदाराको आठबिसकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। उक्त मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भए।
घाइते हुनेमा नलगाड नगरपालिका–८ जाजरकोटका १६ वर्षीय नवराज चदारा र आठबिसकोट नगरपालिका ९ का १४ वर्षीय कमल सुनार छन्। दुवैको नगर अस्पतालमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण