बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खलामा भारत २–० ले पराजित

बुधबार, १० मङ्सिर २०८२, १३ : ३४
बुधबार, १० मङ्सिर २०८२

गुवाहाटी । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेट शृङ्खलामा भारत नराम्ररी पराजित भएको छ । दुई म्याचको शृङ्खलामा भारत २–० ले पराजित भएको हो ।

बुधबार दोस्रो टेस्ट म्याचमा दक्षिण अफ्रिका ४०८ रनको विशाल अन्तरले विजयी भएको हो । पहिलो म्याचमा दक्षिण अफ्रिका ३० रनले विजयी भएको थियो ।

दोस्रो म्याचमा पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ४८९ रन बनाएको थियो । जबाफी ब्याटिङमा भारतले २०१ रनमात्र बनाएको थियो । पहिलो इनिङमै २८८ रनको अग्रता बनाएको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा २६० रन जोड्यो ।

५४९ रनको लक्ष्यसहित दोस्रो इनिङका लागि ब्याटिङमा उत्रिएको भारतले १४० रनमात्र बनाउन सक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप