मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधबार, १० मङ्सिर २०८२, २० : २६
बुधबार, १० मङ्सिर २०८२

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित चाँदनी चोकमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर–७ का अन्दाजी २२ वर्षीय महेश सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।

उनका अनुसार, नेवारेतर्फ आउँदै गरेको सैनिक आवासीय महाविद्यालयको बा.प्र. ०१००४ क ५५७४ नम्बरको बसले भे. ८ प. ४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको प्रदेश अस्पतालमा उपचारका क्रममा निधन हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप