शारदा नदीमा अवैध रूपमा बालुवा उत्खनन गरेको आरोपमा दुई चालक पक्राउ
बिहीबार, ११ मङ्सिर २०८२, ११ : ०३
सारांश
- सल्यानको शारदा नदीमा अवैध रूपमा बालुवा उत्खनन गर्दा २ वटा हेभी इक्युपमेन्टसहित चालक पक्राउ परेका छन्।
- शारदा नगरपालिका-१ का २८ वर्षीय सेतीलाल डाँगी र सिद्धकुमाख गाउँपालिका-१ का २३ वर्षीय ललित खड्का पक्राउ परेका छन्।
- प्रहरीले नदीजन्य पदार्थको अवैध दोहन रोक्न दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।
सल्यान । सल्यानको शारदा नदीमा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई वटा हेभी इक्युपमेन्ट (जेसिबी र स्काभेटर) सहित चालकलाई नियन्त्रणमा लिएको छ।
शारदा नगरपालिका–१ रेशम ज्युलास्थित शारदा नदीमा अवैध रूपमा बालुवा निकालिरहेको रा १ क १३६७ नम्बरको जेसिबी र त्यसका चालक २८ वर्षीय सेतीलाल डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । डाँगी शारदा नगरपालिका–१५ का बासिन्दा हुन् ।
जिल्लाकै सिद्धकुमाख गाउँपालिका–१ मोख्लास्थित शारदा नदीमै अवैध उत्खनन गरिरहेको बा १ क ५४३२ नम्बरको स्काभेटर र चालक २३ वर्षीय ललित खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। खड्का सिद्धकुमाख–४ चाँदेका बासिन्दा हुन्।
नदीजन्य पदार्थको अवैध दोहन रोक्ने क्रममा दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
-
सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण