२४ घण्टामा देशभर १७ आगलागीका घटना
सारांश
- विपद् प्राधिकरणका अनुसार २४ घण्टामा देशभर १७ वटा आगलागीका घटना भएका छन्, जसमा २ जनाको मृत्यु भएको छ।
- आगलागीका घटना १४ जिल्लामा भएका थिए, जसमा सिरहामा सबैभन्दा बढी ३ वटा घटना भए।
- यसै अवधिमा सर्पदंश, जंगली जनावरको आक्रमण र लेक लाग्ने घटनाबाट २ जनाको मृत्यु भएको छ।
काठमाडौँ । २४ घण्टामा देशभर १७ आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार १४ जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना भएका हुन् ।
यसरी आगलागी हुने जिल्लामध्ये सिरहामा ३ वटा, भोजपुरमा २ वटा तथा पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँकेमा एक/एक घटना रहेका छन् ।
यही अवधिमा एउटा सर्पदंश, एउटा जंगली जनावरको आक्रमण र एउटा लेक लाग्ने घटना भएका छन् । यी सबै घटनामा गरी यो अवधिमा २ जनाको मृत्यु र ५ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।
सिरहाको लहान–१९ मा ५१ वर्षीय एक महिलाले ग्यास बालेर आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर शरीरको विभिन्न भाग जलेर घाइते भएकोमा उपचारको लागि कीर्तिपुरको वर्न अस्पतालमा लगिएकोमा मृत्यु भएको थियो ।
त्यस्तै, महोत्तरीको गौशाला–११ मा एक वालिकालाई घरको आँगनमा खेल्ने क्रममा सर्पले टोकेकोमा नवलपुर अस्पताल वर्दिवासमा उपचारको क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
-
सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?
-
स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकार अग्रसर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण