फागुनमा चुनाव हुँदैन, सर्वोच्चले संसद् पुनर्स्थापना गर्छ : एमाले नेता जैशी
सारांश
- एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष जैशीले फागुनमा निर्वाचनको सम्भावना नरहेको बताए।
- उनले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको र सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे।
- जैशीले सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गर्दै निष्पक्ष निर्वाचन हुन नसक्ने जिकिर गरे।
धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैशीले आगामी फागुनमा घोषणा गरिएको निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्।
उनले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन्। निर्वाचनको तयारी र सुदूरपश्चिममा पार्टीको अवस्थाबारे रातो पाटीले सोधेको प्रश्नमा कुरा गर्दै नेता जैशीले अहिलेको वातावरण चुनावका लागि अनुकूल नरहेको दाबी गरे।
‘हाम्रो पार्टीको पहिलो धारणा नै प्रतिनिधि सभा विघटन असंवैधानिक छ भन्ने हो,’ जैशीले भने, ‘सर्वोच्च अदालतमा रिट परेको छ, त्यसको फैसला नआउन्जेल यो चुनाव हुँदैन र संसद् पुनर्स्थापना हुनुपर्छ।’
नेता जैशीले वर्तमान सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले हतियार र प्रहरीका पोसाकहरू लुटिएको तथा ५ हजारभन्दा बढी कैदीबन्दीहरू बाहिर रहेको अवस्था औँल्याउँदै यस्तो परिवेशमा निष्पक्ष निर्वाचन हुन नसक्ने जिकिर गरे।
‘अहिलेको वातावरणले लड्ने स्थिति बनाएको छैन। कसैले ’जे भए पनि हुन्छ’ भन्ने मानसिकताले बुथ कब्जा गरेर चुनाव जित्ने सोच राखेको देखिन्छ,’ उनले भने, ‘हामी त्यस्तो चुनावलाई लोकतान्त्रिक, निर्भय र निष्पक्ष मान्दैनौँ, त्यो गलत हुन्छ।’
चुनावको तयारीबारे सोधिएको प्रश्नमा जैशीले निर्वाचन आयोगले दल दर्ता गर्न भनेकोले पार्टीले औपचारिकताका लागि दल दर्ता गरेको स्पष्ट पारे। यद्यपि, एमाले अहिले पूर्ण शक्तिसहित महाधिवेशनको तयारीमा होमिएको उनले बताए। जिल्ला–जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने काम भए पनि चुनावप्रतिको रुचि कम देखिएको उनको भनाइ छ।
नेता जैशीले आफ्नो व्यक्तिगत र पार्टीको धारणा सर्वोच्चले पहिले गरेको निर्णय जस्तै अहिले पनि संसद् पुनर्स्थापना गर्ने रहेको बताए।
‘संसद् पुनर्स्थापना भएपछि सबै दल र एनजीओहरूलाई समेत समावेश गराई, संविधान संशोधनका आवश्यक विषयमा छलफल गरेर मात्र निकास निस्कन्छ। फागुनमा चुनाव हुँदैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण