डोटीको खालीखोलामा बोलेरो जिप दुर्घटना, चालकसहित ६ जना घाइते
बिहीबार, १८ मङ्सिर २०८२, १२ : ४०
डोटी । डोटीको सायल गाउँपालिका-४, खालीखोलामा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
कञ्चनपुरको पुनर्वास-२ का २८ वर्षीय ईश्वर थापाले चलाएको सु.प.प्र. ०१-००१ च ४२५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिप सायलबाट दिपायलतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रारम्भिक अनुमान छ।
घाइते हुनेहरूमा चालक थापासहित आदर्श-७ की ५४ वर्षीया हरिदेवी कापडी, सायल-२ का ३१ वर्षका दिल्ली राज ओझा, ४० वर्षका भोजराज ओझा, भोजराजका ११ वर्षका छोरा आमत ओझा र सायल-४ का ४३ वर्षका टेकराज ओझा रहेका छन्।
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ र उनीहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण