मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

एमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मत

बिहीबार, १८ मङ्सिर २०८२, २१ : ४६
बिहीबार, १८ मङ्सिर २०८२

जुम्ला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि जुम्लाबाट ६ प्रतिनिधि सर्वसम्मत रुपमा छनोट भएका छन् ।

राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट खुलातर्फ जिल्ला अध्यक्ष शान्तिलाल महत र देवलाल थापा चयन भएका छन् ।

यस्तै, महिलातर्फ शान्ता शाही र मेनका पछाई, दलितबाट रामबहादुर नेपाली र युवातर्फ धिरज जैसी सर्वसम्मत चयन भएको नेकपा एमाले का केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका इन्जार्च रतननाथ योगीले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप