सल्यानमा सफारी गाडी दुर्घटना हुँदा ६ जना घाइते
सुर्खेत । सल्यानमा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । रोल्पाबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ज ८४३ नम्बरको सफारी गाडी कपुरकोट गाउँपालिका–३ स्थित नयाँ रोड नजिकैको भित्री सडक खण्डमा दुर्घटनामा परेको हो ।
शुक्रबार दिउँसो करिब १ः४० बजेको समयमा रोल्पा गंगादेव गाउँपालिका–६ का २२ वर्षीय राम कुमार वलीले चलाएको उक्त गाडी अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरूमा सबै रोल्पा गंगादेव गाउँपालिका–४ का बासिन्दा रहेका छन् । घाइते हुनेहरूमा ४५ वर्षीय हरी बहादुर थापा, ४२ वर्षीया गिता थापा, १९ वर्षीया टिका थापा, ३० वर्षीया विमला थापा तथा बिमलाका दुई छोराहरू ९ वर्षीय पवन थापा र ८ वर्षीय रावल थापा रहेका छन् ।
घाइते हरी बहादुरको दाहिने हात र अनुहारमा, गिताको टाउको र बायाँ कानमा, टिकाको घाँटीमा तथा विमला, पवन र रावलको टाउको तथा निधारमा चोट लागेको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई उपचारका लागि कपुरकोट आधारभूत स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीले लिए पद तथा गोपनियताको सपथ
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण