छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा चार जनाको मृत्यु
काठमाडौँ। मुलुकका विभिन्न भूभागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा शुक्रबार र शनिबार गरी चार जनाले ज्यान गुमाएका छन्। दुर्घटनापछि प्रहरीले संलग्न चालकहरूलाई नियन्त्रणमा लिई तथा फरार भएकाको खोजी गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
बर्दियामा दुई फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शुक्रबार बेलुकी बाँसगढी नगरपालिका-६ मोतिपुरस्थित सडकमा भे.१३ प ९७१० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक सोही ठाउँका ३८ वर्षीय हिम बहादुर थारू गम्भीर घाइते भएका थिए। उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भयो।
त्यसैगरी, शनिबार दिउँसो बढैयाताल गाउँपालिका-३ पुष्पनगरस्थित सडकमा बा.प्र.०१-०२६ च ०७८० नम्बरको कार र भे.११ प ७२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक कालिकोट घर भएका २५ वर्षीय राजा आचार्यको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा निधन भयो। दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- रौतहटमा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु
रौतहटको चन्द्रपुर नगरपालिका-६ मोतियाही पुल नजिक शुक्रबार बेलुकी ना.४ ख ६५४७ नम्बरको बसले ना.३९ प ४२४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बृन्दावन नगरपालिका-२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको उपचारको क्रममा चन्द्रपुर प्रालि अस्पतालमा मृत्यु भयो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार अन्य तीन जनाको न्यूरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
- कैलालीमा ठक्कर दिएर मोटरसाइकल चालक फरार
कैलालीको गोदावरी नगरपालिका-५ स्थित सडकमा शुक्रबार राति से.३ प ५२५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँका ५७ वर्षीय लौटन चौधरीको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले हाल फरार रहेका मोटरसाइकल चालकको खोजी कार्य तीव्र पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण