टर्किएमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
आइतबार, २१ मङ्सिर २०८२, ०९ : ४४
टर्किए । टर्किएको दक्षिणपूर्वी ओस्मानिया प्रान्तको मुख्य राजमार्गमा शनिवार एक यात्रु बसले रोकिराखेको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ ।
अन्य ११ जना घाइते भएका छन् । बाहचे जिल्ला नजिकै दुर्घटना भएको हो । ट्रक चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।
दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । २०२४ मा टर्किएभरि ट्राफिक दुर्घटनाहरूले २ हजार ७ सय १३ जनाको ज्यान लिएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण