जनार्दन शर्माको गृहजिल्लामा माओवादीको भौतिक सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो
सारांश
- रुकुम पश्चिममा पूर्वमन्त्री जनार्दन शर्माको पार्टी र नेकपाबीच भौतिक संरचनाको भागबण्डा गरिएको छ।
- दुवै पार्टीले मुसिकोट नगरपालिकाका भवनहरू बाँडेर प्रयोग गर्ने सहमति गरेका छन्।
- सहमतिअनुसार, केही भवन नेकपाले र केही प्रलोपाले प्रयोग गर्नेछन्, जसले मंसिर २१ गतेदेखि कार्यान्वयन सुरु भएको छ।
रुकुम पश्चिम । पूर्वमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा तत्कालीन माओवादी केन्द्रले प्रयोग गर्दै आएका भौतिक संरचनाहरू औपचारिक रूपमा भागबण्डा गरिएको छ । जिल्लामा क्रियाशील ‘नेपाली कम्युनिष्ट पार्टी’ (नेकपा) र ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) बीच सदरमुकामस्थित महत्त्वपूर्ण भवन तथा संरचनाहरू प्रयोग गर्ने सम्बन्धमा लिखित सहमतिसहित भागबण्डा गरिएको हो । शर्माले माओवादीसहितको एकता भएर नेकपा बन्दा त्यसतर्फ नगएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए । शर्मा प्रलोपाको संरक्षक छन् ।
विगतमा एउटै पार्टीमा रहेर काम गरेको र भविष्यमा पनि सहकार्यको सम्भावना रहेको भन्दै दुवै पक्षले 'सहमति पत्र' मार्फत सम्पत्ति बाँडफाँड गरेको आइतबार सार्वजनिक सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमका संयोजक गोविन्द रोका र प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमका संयोजक गोर्खबहादुर केसीले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार मुसिकोट नगरपालिकाका दुई फरक स्थानमा रहेका भवनहरू दुई पार्टीले बाँडेर प्रयोग गर्नेछन् ।
जसअनुसार मुसिकोट नगरपालिका वडा नं. ५ सेरिगाउँमा रहेको 'शहीद स्मृति प्रतिष्ठान' र 'ईस्कन्द नर्मदा फाउण्डेशन परिसरभित्र रहेका भवनसहितका सम्पूर्ण भौतिक संरचनाहरू नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्नेछ ।
यसैगरी मुसिकोट नगरपालिका वडा नं. १ खलङ्गा बजारस्थित 'ईस्कन्द नर्मदा स्मृति फाउण्डेशनको नाममा रहेको भवन भने प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रयोग गर्ने सहमति भएको छ ।
मंसिर १५ गते नै भएको उक्त सम्झौता मंसिर २१ गते (आज) देखि लागू भएको सहमति पत्रमा उल्लेख छ ।
पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै भौतिक सम्पत्तिमा पनि स्पष्ट भागबण्डा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
-
साँघुरो चिडियाखानाका सुख-दुःख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण