भीरबाट लडेर एक महिलाको मृत्यु
आइतबार, २१ मङ्सिर २०८२, १६ : ३५
कैलाली । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका–२ बन्तोलीमा भीरबाट लडेर साेही ठाउँकी २७ वर्षीया मञ्जु कामीकाे मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार बिहान ९ बजेतिर घरबाट खर ल्याउन वनतर्फ गएकी कामीले बाटोमा जंगली बँदेल देखेपछि डराएर भाग्ने क्रममा भीरबाट खसेकी थिइन्।
उनीसँग खरघाँस लिन गएका उनका छोराको अवस्था भने सुरक्षित रहेको छ।
मृतक मञ्जुका तीन छोरी र एक छोरा छन्। उनका श्रीमान् रोजगारीका लागि भारतको बेङ्गलोरमा बस्दै आएका छन्। उनको मृत्यु पछि चार सन्तान टुहुरा बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण