मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भीरबाट लडेर एक महिलाको मृत्यु

आइतबार, २१ मङ्सिर २०८२, १६ : ३५
आइतबार, २१ मङ्सिर २०८२

कैलाली । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका–२ बन्तोलीमा भीरबाट लडेर साेही ठाउँकी २७ वर्षीया मञ्जु कामीकाे मृत्यु भएको  प्रहरीले जनाएको छ।

शनिबार बिहान ९ बजेतिर घरबाट खर ल्याउन वनतर्फ गएकी कामीले बाटोमा जंगली बँदेल देखेपछि डराएर भाग्ने क्रममा भीरबाट खसेकी थिइन्।

उनीसँग खरघाँस लिन गएका उनका छोराको अवस्था भने सुरक्षित रहेको छ।

मृतक मञ्जुका तीन छोरी र एक छोरा छन्। उनका श्रीमान् रोजगारीका लागि भारतको बेङ्गलोरमा बस्दै आएका छन्। उनको मृत्यु पछि चार सन्तान टुहुरा बनेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप