आधारभूत विद्यालयको अध्यक्ष बने कर्णालीका पूर्वमन्त्री तथा सांसद परियार
सारांश
- कर्णाली प्रदेशका सांसद रणसिंह परियार हुम्लाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएका छन्।
- अभिभावक भेलाले परियारलाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएको हो ।
- सांसद परियारले अध्यक्ष बन्न इच्छा व्यक्त गरेपछि अन्य आकाङ्क्षीहरूले उम्मेदवारी फिर्ता लिएका थिए।
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कर्णाली प्रदेशका सांसद एवं पूर्वमन्त्री रणसिंह परियार सर्वसम्मत चयन भएका छन्। नेपाली कम्युनिस्ट पार्टीका नेता परियारलाई विद्यालयको अभिभावक भेलाले सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
बहालवाला प्रदेश सांसद र पूर्वमन्त्री जस्तो उच्च राजनीतिक ओहोदामा रहेका व्यक्ति आधारभूत तह (कक्षा १–८) को विद्यालय व्यवस्थापन समितिमा नेतृत्व लएपछि नैतिक प्रश्न उठेको छ।
अध्यक्ष पदका लागि सुरुमा अन्य ६ जना स्थानीय आकाङ्क्षीहरू देखिएका थिए । हाल सुर्खेतमा रहेका सांसद परियारले विद्यालयका प्रधानाध्यापक परबहादुर थापालाई फोनमार्फत आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न चाहेको प्रस्ताव राखेका थिए ।
सांसद परियारले इच्छा व्यक्त गरेपछि अध्यक्षका अन्य आकाङ्क्षीहरूले उनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
-
निजी क्षेत्रबिना आर्थिक रूपान्तरण असम्भव, राज्य एक्लैले स्रोत जुटाउन सक्दैन : पूर्वअर्थमन्त्री पाण्डे
-
मोबाइल नष्ट प्रकरणबारे के भन्छन् शिक्षामन्त्री पाेखरेल ?
-
काठमाडौँ महानगरको बैठकमा वडाध्यक्षहरूको आक्रोश : सुकुमबासी व्यवस्थापनदेखि सर्भर डाउनसम्मका समस्याको चाङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण