जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै
सारांश
- जुम्लाको खलङ्गा बजारमा कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला मंसिर २७ गतेदेखि सुरु हुने भएको छ।
- मेलाको उद्देश्य स्थानीय कृषि उत्पादनको संरक्षण र प्रवर्द्धन गर्नु हो, जसमा रैथाने परिकारको अवलोकन गर्न सकिनेछ।
- मेलाले जैविक विविधताको जगेर्ना र स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
जुम्ला। जिल्ल सदरमुकाम खलङ्गा बजारमा कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला लाग्ने भएको छ ।
यहाँको चन्दननाथ नगरपालिका कृषि शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जाको सहयोगमा यही मङ्सिर २७ गते कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला सञ्चालन हुने भएको हो ।
चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले स्थानीय कृषि उत्पादनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए । उनका अनुसार प्रदर्शनी मेलामा किसान, कृषि उपभोक्ताले उत्पादन गरेको रैथाने परिकारको अवलोकन गर्न सकिनेछ ।
मेलामार्फत जैविक विविधताको जगेर्ना र परम्परागत खाद्य संस्कृतिको पुनः जीवन हुने विश्वास लिइएको प्रशासकीय अधिकृत बुढथापाले बताए।
सुरक्षित, पोषणयुक्त र स्थानीय उत्पादनको प्रयोगले सामुदायिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले मेलाले जनचेतनामा ठुलो योगदान पुर्याउने नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले विश्वास व्यक्त गरे।
यहाँको कृषि सम्भावना, परम्परागत प्रजाति संरक्षण तथा जैविक कृषि प्रवर्द्धनमा प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
किसानका नवीन उत्पादन, मौलिक बीउबिजन तथा स्थानीय खाद्य परिकार एकै ठाउँमा प्रदर्शन गरिनुले जिल्लाको कृषि पहिचान मजबुत बनाउने अवसर भएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
-
निजी क्षेत्रबिना आर्थिक रूपान्तरण असम्भव, राज्य एक्लैले स्रोत जुटाउन सक्दैन : पूर्वअर्थमन्त्री पाण्डे
-
मोबाइल नष्ट प्रकरणबारे के भन्छन् शिक्षामन्त्री पाेखरेल ?
-
काठमाडौँ महानगरको बैठकमा वडाध्यक्षहरूको आक्रोश : सुकुमबासी व्यवस्थापनदेखि सर्भर डाउनसम्मका समस्याको चाङ
-
बजेट घोषणाको मुखैमा सुदूरपश्चिम सरकारका मन्त्री फेरबदलः बजेटमा कस्तो पर्ला असर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण