मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

आसन्न निर्वाचन : कांग्रेस दैलेखद्वारा उम्मेदवारका आकांक्षीहरूको नामावली सार्वजनिक (सूचीसहित)

बुधबार, २४ मङ्सिर २०८२, १० : ४६
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • दैलेखमा नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि उम्मेदवार बन्न चाहने आकांक्षीहरूको नामावली सार्वजनिक गरेको छ।
  • निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ १३ जना र समानुपातिक तर्फ ६ जनाको नाम सार्वजनिक गरिएको छ।
  • निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ ७ जनाको नाम सार्वजनिक भएको छ।

‎‎सुर्खेत । दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि उम्मेदवार बन्न चाहने आकांक्षीहरूको नामावली सार्वजनिक गरेको छ।

‎‎नेपाली कांग्रेस दैलेखले प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तथा समानुपातिक) र राष्ट्रिय सभा सदस्यका लागि वर्णानुक्रम अनुसार आकांक्षीहरूको नाम सार्वजनिक गरेको हो। 

‎‎दुवै क्षेत्रमा टिकटका लागि नेताहरूको दौडधुप बाक्लो देखिएको छ।

‎‎सार्वजनिक विवरण अनुसार निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ १३ जना आकांक्षी देखिएका छन्। जसमा खेमराज केशी,खेमराज ओली, गणेशप्रसाद उपाध्याय, भूपेन्द्र शाही लगायतका नेताहरू छन् ।

‎‎त्यस्तै समानुपातिक तर्फ ६ जना र राष्ट्रिय सभाका लागि ६ जनाको नाम सार्वजनिक भएको छ।

‎‎यसैगरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ ९ जनाको नाम अगाडि आएको छ। यहाँ निवर्तमान सांसदहरु सीता कुमारी राना, दिक्पाल कुमार शाही लगायतका नेताहरू आकांक्षी देखिएका छन्। 

‎‎क्षेत्र नं. २ मा समानुपातिक तर्फ ७ जना र राष्ट्रिय सभा तर्फ ६ जना आकांक्षी रहेका छन्। एक नेताका अनुसार, बिहीबारसम्म उम्मेदवारकाे टुङ्गो लाग्ने छ ।

‎‎दैलेख कांग्रेसले सार्वजनिक गरेको आकांक्षीहरूको पूर्ण विवरण यस प्रकार छ:

  • ‎‎निर्वाचन क्षेत्र नम्बर १

‎‎प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तर्फ):

‎१. खेमराज केशी

‎२. खेमराज वली

‎३. गणेशप्रसाद उपाध्याय

‎४. देवेन्द्र बहादुर थापा

‎५. नगेन्द्र बहादुर मल्ल

‎६. नर्सिङ मल्ल

‎७. पदम बहादुर मल्ल

‎८. बखत बहादुर कटुवाल

‎९. बास्ना थापा

‎१०. भूपेन्द्र शाही

‎११. मणिराम रेग्मी

‎१२. मनोज कुमार थापा

‎१३. सुशील देउजा

‎‎प्रतिनिधि सभा (समानुपातिक तर्फ):

‎१. कुल बहादुर विश्वकर्मा

‎२. दिपक सोनी

‎३. दुर्गा श्रेष्ठ

‎४. निर्मला कुमारी थापा

‎५. मिना कुमारी थापा

‎६. मोहन माया प्याकुरेल

‎‎प्रतिनिधि सभा (समावेशी समानुपातिक तर्फ):

‎१. गणेशबहादुर बोगटी

‎‎राष्ट्रिय सभा तर्फ:

‎१. किशोर केशी

‎२. रङ्ग बहादुर शाही

‎३. खड्क बहादुर सिजापति

‎४. नगेन्द्र बहादुर खत्री

‎५. सीता ज्ञवाली

‎६. हिक्मत बहादुर विश्वकर्मा

  • ‎‎निर्वाचन क्षेत्र नम्बर २

‎‎प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तर्फ):

‎१. सीता कुमारी राना

‎२. दिक्पाल कुमार शाही

‎३. मधुर विक्रम खनाल

‎४. रन्जना कुमारी शाही

‎५. बखत बहादुर शाही

‎६. लोकेश प्रसाद आचार्य

‎७. चन्द्र बहादुर शाही

‎८. नारायण प्रसाद रेग्मी

‎९. एकेन्द्र बहादुर पन्त

‎‎प्रतिनिधि सभा (समानुपातिक तर्फ):

‎१. सुर्य बहादुर बिक

‎२. शेरबहादुर शाही

‎३. जानकी कुमारी बिष्ट

‎४. पूर्ण बहादुर थापा

‎५. सुमित्रा शाह

‎६. भगवती प्रसाद उपाध्याय

‎७. लिलाराम उपाध्याय

‎‎राष्ट्रिय सभा तर्फ:

‎१. शिवराज जोशी

‎२. रङ्ग बहादुर शाही

‎३. हिम बहादुर शाही

‎४. प्रेमप्रकाश शाही

‎५. राजेश शाही

‎६. खड्ग बहादुर शाही

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप