बझाङबाट कांग्रेसका को–को भए उम्मेदवार सिफारिस ?
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बझाङले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र अनुसार बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले सम्भावित उम्मेदवारहरूको नाम छनोट गरेको हो ।
प्रत्यक्षतर्फ को–को भए सिफारिस ?
जिल्ला कार्यसमितिका अनुसार प्रतिनिधि सभा सदस्यका लागि युवा नेता अभिषेक बहादुर सिंहसहित नरेश बहादुर सिंह, सत्यराज भण्डारी, सुरेश मल्ल, जगत प्रसाद जोशी, प्रकाश स्नेही, नारायण हमाल, केशव राज जोशी र दिपेन्द्र जोशीको नाम सिफारिस गरिएको छ ।
समानुपातिक र राष्ट्रिय सभा उम्मेदवार
बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ चन्दा जोशी, शान्ति महत, मुकेश धामी, सुन्दर रसाइली र शान्ति पुजारा गरी पाँच जनाको नाम छनोट गरेको छ ।
यसैगरी, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि अर्जुनजंग बहादुर सिंह र नन्दकृष्ण जोशीको नाम सिफारिस गरिएको बझाङ कांग्रेसले जनाएको छ ।
आकाङ्क्षीका लागि थप समय
पार्टीले उम्मेदवार सिफारिसका लागि निश्चित दस्तुर तोकेको थियो। जसमा प्रतिनिधि सभा सदस्यका आकाङ्क्षीका लागि १० हजार, समानुपातिकतर्फ ५ हजार र राष्ट्रिय सभा सदस्यका लागि ५ हजार रुपैयाँ दस्तुर बुझाएर फारम भरिएको थियो ।
यद्यपि, अझै पनि कोही नयाँ आकाङ्क्षी उम्मेदवार थपिन चाहेमा भोलि बिहान ९ बजेसम्म दस्तुर बुझाएर उम्मेदवारी दाबी गर्न सक्ने व्यवस्था मिलाइएको जिल्ला कार्यसमितिले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण