सुदूरपश्चिम प्रदेशमा द्वन्द्वपीडित तथा सहिद परिवारलाई स्वास्थ्य बीमा रकम शोधभर्ना भुक्तानीका लागि दरखास्त आह्वान
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारले द्वन्द्वपीडित परिवारको स्वास्थ्य बीमाका लागि दरखास्त आह्वान गरेको छ।
- आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य बीमा गरेका द्वन्द्वपीडितलाई रकम शोधभर्ना गरिनेछ।
- आवेदन दिने अन्तिम मिति २०८३ जेठ ३१ गतेसम्म तोकिएको छ, आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ।
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार द्वन्द्वपीडित, बेपत्ता र सहिद परिवारहरूको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि दरखास्त आह्वान गरेको छ।
यस मन्त्रालयले नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भई चालू आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य बीमा गर्नुभएका यस सुदूरपश्चिम प्रदेशभित्र स्थायी बसोबास गर्ने द्वन्द्वपीडित, बेपत्ता, सहिद परिवार, जेनजी आन्दोलनका सहिद परिवार र जेनजी आन्दोलनका घाइतेहरूलाई स्वास्थ्य बीमा बापतको रकम शोधभर्ना भुक्तानी गर्नेछ।
इच्छुक तथा योग्य परिवारहरूलाई दरखास्त आह्वान गरिएको ब्यहोरा मन्त्रालयले अनुरोध गरेको छ। दरखास्त दिने अन्तिम मिति २०८२ साल मङ्सिर २५ गतेदेखि २०८३ साल जेठ ३१ गतेसम्म तोकिएको छ।
दरखास्तसाथ संलग्न गर्नुपर्ने कागजातहरूमा निवेदन, स्वास्थ्य बीमा गरेको सक्कल रसिद र स्वास्थ्य बीमाको परिचय पत्रको प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने कागजात वा नाता प्रमाणित, द्वन्द्वपीडित, बेपत्ता, सहिद, जेनजी आन्दोलनका सहिद परिवार वा जेनजी आन्दोलनका घाइतेहरूको परिचय खुल्ने कागजात र बैंक खाताको नाम र नम्बर स्पष्ट देखिने चेकको प्रतिलिपि समावेश हुनुपर्नेछ।
हुलाक मार्फत आवेदन दिन चाहनेहरूले माथि उल्लिखित सबै कागजातहरू २०८३ साल जेठ मसान्तभित्र मन्त्रालयको ठेगानामा आइपुग्ने गरी पठाउनुपर्नेछ। थप जानकारीका लागि सम्पर्क अधिकृत गंगा कुमारी जोशीलाई मोबाइल नम्बर ९८६४७५१९१४ मा सम्पर्क गर्न सकिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण