जाजरकोट कांग्रेसद्वारा उम्मेदवारका लागि ५ जनाको नाम सिफारिस
जाजरकोट । नेपाली कांग्रेस जाजरकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।
बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि आकाङ्क्षीहरूको नाम टुङ्गो लगाएको हो ।
जाजरकोट कांग्रेसका सभापति बेदराज सिंहका अनुसार बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ पाँच जनाको नाम सिफारिस गरेको छ ।
जसमा खड्ग बहादुर बुढा, मैना कार्की, मुक्ति प्रसाद आचार्य, महेन्द्र बहादुर शाह र रामजंग शाह रहेको छन् ।
यस्तै, पार्टीले प्रतिनिधि सभाको समानुपातिक तर्फ पनि पाँच जनाकै नाम सिफारिस गरेको छ । समानुपातिक सूचीमा रामछाया शाही, हजारी नेपाली बादी, भुमिलाल रोकाय, जनक बादी र विष्णु गिरी समेटिएको सभापति सिंहले जानकारी दिए ।
यसैगरी, राष्ट्रिय सभा सदस्यका लागि तीन जनाको नाम अगाडि सारिएको छ । सिफारिस गरिएकाहरूमा दिपकजंग शाह, खम्बजंग शाह र गिता शाही रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
-
साँघुरो चिडियाखानाका सुख-दुःख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण