भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
सारांश
- शनिबार सुर्खेतमा नेकपाको कर्णाली प्रदेशस्तरीय एकता सभा आयोजना हुँदैछ।
- एकता सभालाई प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतम लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
- माओवादी नेताहरू विभाजित हुँदा कर्णालीमा पार्टीको अवस्था कमजोर बन्दै गएको विश्लेषण गरिएको छ।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशस्तरीय एकता सभा शनिबार आयोजना गरिँदैछ । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा हुन लागेको उक्त सभाको भव्य तयारी भइरहेको पार्टीका नेता झकबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार एकता सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, वामदेव गौतम र भीम रावललगायतले सम्बोधन गर्नेछन् ।
माओवादीको आधार इलाकाका रूपमा रहेको कर्णालीमा पार्टी एकतापछि पहिलो पटक हुन लागेको यस सभालाई विशेष रूपमा हेरिएको छ ।
पूर्वमाओवादीका कतिपय नेताहरू प्रचण्डले माओवाद त्यागेर आफू नेतृत्वमा टिकिरहन अन्य दलहरूसँग एकता गरेको भन्दै एकता प्रक्रियामा समावेश भएका छैनन् । माओवादीका उपमहासचिव जनार्दन शर्माले ‘प्रजातान्त्रिक लोकतान्त्रिक’ नामको छुट्टै पार्टी गठन गरिसकेका छन् । माओवादीमा छँदा कर्णालीमा उनको दबदबा थियो ।
अहिले नेताहरू विभाजित भएपछि आधार इलाकामा माओवादीको अवस्था कमजोर बन्दै गइरहेको विश्लेषण हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण