मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पाल्पा जिप दुर्घटना : मृतकको पहिचान खुल्यो

शुक्रबार, २६ मङ्सिर २०८२, १५ : ५९
शुक्रबार, २६ मङ्सिर २०८२

बुटवल । पाल्पाको निस्दी गाउँपालिका ४ मित्यालमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा  मृतकको पहिचान खुलेको छ ।

मित्याल–अरुण खोला सडक खण्ड अन्तर्गत निस्दी–४ च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा नवलपुरको अरुण खोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप  दुर्घटना भएको थियो । 

दुर्घटनामा निस्ती गाउँपालिका वडा नम्बर ७ की ३६ वर्षीय हेम कुमारी सारू, सोही गाउँपालिका वडा नम्बर ४ की ४५ वर्षीय ओम कुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक(डीएसपी) होमप्रकाश चौधरीले जानकारी दिए ।

मृत्यु भएकी थप एक महिलाको भने अझै पहिचान खुलेको छैन । दुर्घटनामा ८ जना घाइते भएका छन् ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप