जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
जुम्ला । यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म विभिन्न प्रकृतिका पाँच हजार २८६ उद्योग दर्ता भएका छन् । तीमध्ये ८२५ उद्योग खारेज भएका छन् ।
कार्यालय प्रमुख मन्दिरनाथ योगीले दर्ता खारेज भएका उद्योगबाहेक हालसम्म यहाँ चार हजार ४६१ उद्योग रहेका बताए । उनका अनुसार वाणिज्यतर्फ १० लाखभन्दा माथिका तीन हजार उद्योग उपभोक्ता हित संरक्षण कार्यालय र रु तीन लाखमुनिका दुई सय चार नयाँ साना उद्योग स्थानीय तहमा दर्ता भएका छन् ।
दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फ उद्योग दर्ता हुने गरेको कार्यालय प्रमुख योगीले बताए । यी उद्योगबाट गत आवमा रु ५२ लाख राजस्व सङ्कलन भएको उनले बताए ।
उक्त कार्यालयले गत आवमा यहाँका आठवटै स्थानीय तहका दुई सय चारजनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ । जिल्लामा दर्ता भएका अधिकांश उद्योग कागजमै सीमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण