कांग्रेस सुर्खेतका पूर्व उपसभापति टेकबहादुर सिंह रास्वपामा प्रवेश
सारांश
- नेपाली कांग्रेस सुर्खेतका पूर्व उपसभापति टेकबहादुर सिंह रास्वपामा प्रवेश गरेका छन्।
- शुक्रबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा रास्वपाका नेताहरूले उनलाई पार्टीमा स्वागत गरे।
- सिंहले देश र समाज परिवर्तनको यात्रा कठिन रहेको र चुनौतीको सामना गर्ने बताए।
सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका पूर्व उपसभापति टेकबहादुर सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित रास्वपाको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण भेलाका क्रममा सिंह औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन् ।
उनलाई रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र नेता डा. स्वर्णिम वाग्ले लगायतका शीर्ष नेताहरूले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता सिंहले देश र समाज परिवर्तनको यात्रा कठिन रहेको बताए । उनले भने, ‘राजनीतिक यात्रा र परिवर्तनको बाटो पक्कै पनि सहज छैन, तर जस्तोसुकै चुनौती आए पनि त्यसको डटेर सामना गर्दै अघि बढ्नेछु ।’
सुर्खेतको राजनीतिमा लामो समय सक्रिय रहेका सिंहले कांग्रेस परित्याग गरी रास्वपा रोज्नुलाई जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
भेलामा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका रास्वपाका कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण