ओलीलाई भीम रावलकाे प्रश्न : सिंहदरबारमा आगो लागिरहँदा भाग्ने ?
सारांश
- डा. भीम रावलले केपी शर्मा ओलीको आलोचना गर्दै युवा पुस्ताको आवाजलाई बेवास्ता गरेको र दमन गरेको आरोप लगाए।
- रावलले सिंहदरबारमा आगलागी हुँदा ओलीको भूमिका र कर्णालीका समस्याबारे कुरा उठाए, जसमा कर्णाली राजमार्गको अवस्था पनि थियो।
- उनले अपर कर्णाली जलविद्युत आयोजनाबारे जीएमआरको आलोचना गर्दै कर्णाली र सुदूरपश्चिमका जनतालाई धोका दिएको बताए।
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । शनिबार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभामा बोल्दै उनले नयाँ पुस्ता (जेनजी) को आवाज सुन्नुको साटो दमनमा उत्रिएको र आन्दोलन चर्किएपछि भागेको आरोप लगाए ।
सिंहदरबारमा आगलागी भएको सन्दर्भ कोट्याउँदै रावलले प्रश्न गरे, ‘सिंहदरबारमा आगो लाग्दा प्रधानमन्त्री को थियो ? देश सङ्कटमा पर्दा वा आगो लागेका बेला भाग्ने प्रवृत्ति नेतामा हुन नहुने उनको तर्क थियो ।
ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले भने, ‘केपी ओलीलाई देशको नेता हुँ भन्नु लाज लाग्नुपर्ने हो । देशमा आगो लागेका बेला भाग्ने ? जेनजीका माग सुन्नुपर्नेमा उल्टै दमन गर्ने अनि आन्दोलन भएपछि भाग्ने ? हाम्रा कलिला युवाहरूको आवाजले केपीजी भाग्नुभयो, यो लज्जास्पद र शर्मनाक भयो । अझ अहिले पनि म शक्तिशाली हुँ भन्न सुहाउँदैन ।’
नेता रावलले आफ्नो सम्बोधनका क्रममा कर्णाली प्रदेशका जल्दा बल्दा समस्याहरू पनि उठाए । उनले कर्णाली राजमार्गको दयनीय अवस्था सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । कर्णालीको स्याउ, यार्सागुम्बा र जडीबुटीको सही सदुपयोग र बजारीकरण हुन नसकेको उनको भनाइ थियो ।
विशेष गरी अपर कर्णाली जलविद्युत आयोजनाको सन्दर्भमा बोल्दै उनले भारतीय कम्पनी जीएमआरको आलोचना गरे । ‘अपर कर्णालीलाई जीएमआरको जिम्मा लगाइयो तर अहिलेसम्म काम भएको छैन,’ उनले भने, ‘काम नगरी ओगटेर राख्नु भनेको कर्णाली र सुदूरपश्चिमका जनतालाई धोका दिनु हो ।’
रावलले मन्तव्यको क्रममा एउटा देउडा गीत पनि सुनाए-
लहर उठ्यो कर्णाली हेर जनता जागेछन्
देशभक्तहरू लामबद्ध भए अगाडि लागेछन् ।
बदल्छ अब कर्णाली आफ्नो पछौटेपनलाई
राष्ट्रको साथमा समृद्धि ल्याउँछ अवश्य भन्नलाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण