समाजवाद ल्याउन नसके हामीलाई जेलमा कोचिदिनुहोला : वामदेव गौतम
सारांश
- वामदेव गौतमले समाजवाद निर्माण गर्न नसके जेल हाल्न जनतालाई आग्रह गरे।
- उनले नेताहरूलाई भाग्ने छुट नभएको र जनतालाई ढाँट्ने काम नगर्न चेतावनी दिए।
- गौतमले युवाहरूको आन्दोलन केपी ओलीकै कारण उठेको टिप्पणी गरे र समृद्ध समाजवादको विकासमा जोड दिए।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा समाजवाद निर्माण गर्न नसके आफूहरूलाई जेल हाल्न जनतालाई आग्रह गरेका छन् । शनिबार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् ।
भाषणका क्रममा निकै आक्रामक देखिएका गौतमले अब नेताहरूलाई भाग्ने छुट नभएको बताए । उनले भने- ‘हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने तपाईंहरुले हामीलाई जेलमा लगेर कोचिदिनुहोला । हामीलाई अब भाग्ने छुट छैन ।’
विगतमा भएका कमजोरीहरूलाई खुलेर स्वीकार गरेका गौतमले जनतालाई भ्रममा नपार्न नेतृत्वलाई चेतावनी दिए । उनले भने, ‘जनतालाई ढाँट्नका लागि मात्र ‘समाजवाद, समाजवाद’ नभन्नुहोस् । अब ढिला नगरी समाजवाद निर्माणतर्फ लाग्नुपर्छ र मुलुकलाई समृद्ध बनाउनुपर्छ ।’
सम्बोधनका क्रममा नेता गौतमले पछिल्लो समय चर्चामा रहेको युवाहरूको ‘जेनजी’ आन्दोलन केपी ओलीकै कारण उठेको टिप्पणी गरे ।
नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले संविधानको मर्मअनुसार अघि बढ्न सुझाव दिए । नेपाली कम्युनिस्ट आन्दोलन देशको सबैभन्दा ठुलो शक्तिका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले अबको बाटो समृद्ध समाजवादको विकास हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण